Posts

Showing posts from June, 2021

कथा: अतृप्त इच्छा । विमल सिटौला ।

Image
कलेजको पहिलो दिन । फरक उमंग र अनुभूतिले डोहर्याएको दिन । यसो भनौँ स्कुले जीवनले विश्राम लिएको दिन । मानविय स्वभाव पनि अजिवकै रहेछ, हरेक दिन नयाँपनलाई स्पर्श गर्ने लालशाबाट टाढा जान नसक्ने ।   अब त यस्तो लाग्छ, हरेक दिन नविन स्वाद होस् र नयाँ भोगाई होस् । हुन त कलेज आउँनु पूर्वदेखि नै रमाएको यो मन कलेज नै टेकेपछि कति रमायो होला ? त्यो छोटो समयको उमंगलाई, त्यसका थुँगाथुँगा, केस्राकेस्रालाई म आज पनि अनुभूति गर्न सक्छु यो व्यस्त सहरको मध्यभागबाट ।   यो चार पर्खालको घेराबन्दीबाट । एक दशकको अन्तरालपश्चात् पनि उस्तै ताजा बनेर आइरहेको छ त्यो स्कुले याद । एउटा गीतले भन्छ, ‘याद आउन पनि कोही न कोही त चाहिँदो रहेछ ।’ पक्कै हो रहेछ । केवल त्यो याद मनको स्मरणबाटिकामा एउटा स्वर्णिम इतिहास बनेर आइरहन्छ जब म त्यो समयमा फर्किन चाहन्छु । अनि जानिजानि म कसैलाई यसो तल सडकमा एक सुरले हिँडिरहेको देख्न हतारिन्छु । आफैँलाई थाहा छैन, म यति बिध्न मरिहत्ते किन गरिरहेछु त्यस दिनको पानालाई पल्टाउन ? आजभोलि मेरो मनसिजमा पनि विग्रह आएछ क्यार । र त, मलाई यस्तो लाग्छ, ‘हाम्रो जीवन एक दिनको न हो र हरेक क्षण र प...