Posts

Showing posts from November, 2021

पागल कविता । महाकवि

Image
पागल जरुर साथी म ! पागल ! यस्तै छ मेरो हाल ! म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु, वास्नालाई स्वाद लिन्छु, आकाशभन्दा पातला कुरालाई छुन्छु, ती कुरा, जसको अस्तित्व लोक मान्दैन म देख्दछु ढुङ्गालाई फूल, जब जलकिनारका जलचिप्ला ती कोमलाकार पाषाण चाँदनीमा, स्वर्गकी जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर, उठ्दछन् मूक पागल झैं– फूलझैं – एक किसिमका चकोर फूल म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न । जुनेली गङ्गाः किनार छाल आउँछ तिनको भाषा साथी ! छाल छाल ! जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! तिमी चतुर छौ, बाचाल । तिम्रो शुद्ध गणितसूत्र हरहमेसा चलिरहेको छ, मेरो गणितमा एकबाट एक झिके एकै बाँकी रहन्छ । तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौँले । तिम्रो गिदी छ साथी, मेरो मुटु । तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्मिनी पाउँछु तिमी बलिया गद्य छौ म तरल पद्य छु तिमी जम्दछौ जब म पग्लन्छु तिमी सङ्लन्छौ जब म धमिलो बन्छु र ठीक त्यसैको उल्टो तिम्रो संसार ठोस छ मेरो बाफ । तिम्रो बाक्लो, मेरो पातलो । तिमी ढु...