Posts

Showing posts from September, 2022

कथा: दशैँ । विमल सिटौल

Image
समय चाडपर्वको । चाडवाडले छपक्कै छोपेको छ ।  रामकुमार मुखिया यसपाला आफ्ना दुई छोरीका इच्छालाई पूरा गर्न असमर्थजस्तै छ । मुखियाले स्वयम् आफ्नो पुरानो कमिज टालटुल गरेर परिधान गरेको छ । उसको कमिज, हेर्दामा कालोमैँलो, टाटैटाटा देखिन्छ । तीमाथि उसको दार्ही झुस्स फुलेको छ भने माथि शिरमा केही बाङ्गोगरी अडिएको नेपाली टोपी मैँलिएकै देखिन्छ । हो, अब उसले यो दशैँमा पनि आफूलाई यहि अवस्थामा उभ्याउने निधो गरिसकेको छ । मुखिया, चिउँडोमा हातको टेका लगाएर कुनै प्रतियोगितामा नमज्जाले भर्खर परास्त भएर बसेजस्तो एक विहानै वाल्ल परेर हेरी पनि रहेछ, माथिमाथि क्षितिजतिर जहाँ बादलका समूह गोलबन्ध भएर अटल बनेझैँ उभिएका देखिन्छन् । छेवैमा दुईतिर, उमेरले सात र आठ वर्षका छोरीहरु दुई हप्ताबाट आफ्नो बुबादेखि रिसाएर बसेका छन् । दुई सन्तान घरीघरी काखमा आइपुग्छन् लडीबडी गर्न । अनि, ऊ घरीघरी छोरीहरुका अनुहारउपर पनि आँखा दौडाउँछ र उनीहरुको उदास अनुहार हेर्छ । जेठी भन्छे, ‘यसपाला नयाँ फेसनको लुगा किन्दिनुपर्छ । कान्छी भन्छे, ‘यसपाला मासुभात खानुपर्छ नि बुबा ।’ उसले छोरीहरुलाई सम्झाउँदै आइरहेको छ, ‘छोरीहरु हो, यसपाला...

कथा: त्यसपछि बागबजार फर्किनँ । विमल सिटौला ।

Image
पानी परेको साँझ थियो । म अफिसबाट निस्कँदा सात बजेको थियो । त्यस दिन सरले मलाई ‘यति काम चैँ सकेर जानू नि’ भनेर आदेश दिनुभएकाले त्यस दिन मैले हतारहतार हुरीबतासझैँ मेरा दुई हातका औँलाहरु किवोर्डमा यसरी रफ्तारमा दौडाएको थिएँ जस्तो कि, मलाई त्यो पन्ध्र पेज टाईप गर्न पन्ध्र दिन अवधिकै सबैभन्दा जटिल काम लागेको थियो । कसैको आदेशमा चल्नु ज्यादै कठिन कार्य रहेछ । म यति डराएथेँ, त्यो डरकै कारणले, मैले छिनछिनमा समय हेर्न भ्याइनछु । यधपि, साँझमा ढोकाबाट बाहिर निस्कँदा म यहि कुरामा सन्तोष गरेथेँ, ‘आजको जिम्मेवारी त पूरा गरेँ । त्यसमा म खुसी पनि त छु नि ।’ त्यस दिन छाता थिएन मसँग । जोडजोडले मोटर छल्दै र बतासिँदै, सिमसिम पानीमा रुझ्दै बसपार्क पुगेर गाडी चढेँ, । अन्तत: नौ वजेपछि मात्र, म मेरो कोठामा पस्न सकेँ र साँझको खाना बनाउन सुरसार गरेँ । काठमाडौँको बसाई, खर्च जुटाउन जागिर गरेकी थिएँ । सम्पन्न परिवारकी छोरी भए मैले यति दु:ख किन गर्नुपर्थ्यो र ? न कामको बोझ बेहोर्नुपर्थ्यो, न रातीराती सुनसान भइसकेको निकेतनमा थालबटुका ठटाउनुपर्थ्यो । मेरा साथीहरु इन्दू, अस्मी जस्तै डुलेर खान र पढ्न मलाई पनि त रहर नि ...

कथा: पर्खालभित्र पर्खालबाहिर । विमल सिटौला ।

Image
घुर्मैलो दिन थियो तर गृष्म ऋतुको काल थिएन त्यो । शरद ऋतु, त्यसै पनि चाडवाडको समय । रेगिस्तान होस् या लाहुर, नजिकको देश भारत होस् या राजधानी काठमाडौँ, एक किसिमले गाउँघर फर्किनेहरुको लर्को थियो । कोहीकोही भने यताको निकट रमाइलोलाई केही वर्षका लागि थाँती राखेर जब्बरजस्त गुन्टा कस्न बाध्य थिए । कलिला लालाबाल, वृद्ध आमाबुबा, आफ्नी प्रियतमा जहानसँग हात हल्लाइरहेका दृश्य एकदम कष्टसाध्य थिए- ती बिदाइको संघारका । त्यसो त, धेरैजसो युवा जमात विद्यार्थीको ट्याग भिरेर क्षणभर अनुहार तमोमय बनाए पनि भित्र खुसीका मुना उमार्दै अष्ट्रेलिया, अमेरिका, क्यानडा जान हतारमा थिए । यो सङ्ख्या उँचो भएर जाँदो थियो जब कोभिड नामक महामारी मानव जगतबाट सुस्तरी ह्रास हुँदै जान थाल्यो । सिलसिला जारी नै रह्यो । रेगिस्तानको यात्रामा निस्कने पौरखिला जमातहरु राजधानी वा केन्द्रका रोजगार मध्यस्थता संस्थामा धाउन थाले । समय सधैँ एकनासको कहाँ हुँदो रहेछ र ? यो अच्चम छ कि समयको सुइले कसलाई कतिखेर कतातिर धकेल्ने हो थाहा नहुँदो रहेछ । कृष्णको जीवनमा पनि एकाएक यस्तै अवस्था आइलाग्यो । र, ती शारदीय कालमा पनि गृष्म कालसैपरी बादलका धब्बा ...