आमा गीत । विमल सिटौला
धर्ती देखाई सन्तानलाई इतिहास लेखाउँने
शिशिरको जाडोमा अङ्ग अङ्ग सेकाउँने
संसारमा सबैभन्दा तिम्रै लाग्छ माया
मेरी आमा......मेरी आमा.....मेरी आमा ।
कति खेलेँ तिमीसँग कति रोएँ रातीराती
कति गरेँ होला जिद्दी एकोहोरो तिमीमाथि
रुन नदिइ पल्पल् आँशु पुच्दै हँसाउँने
मुटुको टुक्रा सम्झि आँखैमा बसाउँने
संसारमा सबैभन्दा तिम्रै लाग्छ माया
मेरी आमा......मेरी आमा.....मेरी आमा ।
घाँस दाउरा मेलापात तिमी सँगैसँगै धाएँ
संसारमा यति धेरै अजम्मरी माया पाएँ
आफू भोको पेट बसि मेरै मेट भराउँने
सन्तानको खुसीलाई औधी मन पराउने
संसारमा सबैभन्दा तिम्रै लाग्छ माया
मेरी आमा......मेरी आमा.....मेरी आमा ।
May, 2016
Comments
Post a Comment