Posts

Showing posts from April, 2022

कथा: पश्चतापको चितामा । विमल सिटौला ।

महाभारत पर्वतशृङ्खला उद्गमस्थल भएर कञ्चनजङ्गा हिमालदेखि लाङटाङसम्म समेटिँदै ओरालो बगेको जल, तराईमा आइपुग्दा कतै सप्तकोसी, कतै माई र कतै मावा कहलिँदै गङ्गा नदीमा मिसिन आतुर हुन्छ । एउटा जलप्रवाह भने मावा/रतुवाको परिचय दिँदै झापा र मोरङ्गको सिमाना छुट्याएर गन्तव्यतिर लाग्दछ । सो खोला, कुनै अग्लो स्तुपकबाट विचरण गर्दा नागबेली चालमा भगवान् विष्णुको शेषनाग जमिनमा सलबलाएजस्तो, त्यो निकै सठमर्कट जीवजस्तो हुने गर्छ । अझै पनि कहिले झापालाई त कहिले मोरङ्गलाई ठुगौँलाझैँ गर्छ र मानव बस्तीको उठीबास लगाउँछ । त्यहीँ खोलाको डिलमा निरासिलो बनेर टुक्रुक्क बस्दै हर्कबहादुर भन्छन्, “आज रातभरिमा यो भँगालो निकै यता आउँने सङ्केत देखिन्छ । आज रातभर यसले के कति बिगार गर्ने हो त्यो भन्न सकिँदैन ।” हुन पनि त्यो याम, अतिवृष्टिको याम भइदियो । विगत बाह्र दिनदेखि घनघोर वर्षा भएर जताजतै जलमग्न भयो । केही वर्षको अन्तरालमा मोरङ जिल्लाको पूर्वी भेग इटहराका बासिन्दाहरू यसरी नै कहिले बक्राहा खोलाको सिकार हुन्थे त कहिले रतुवाको । मानिसहरूका बिघा-बिघा जमिनलाई खण्डहरमा रूपान्तरण गर्दै अघि बढ्दा हर्कबहादुर ...

कथा: हिउँमाथिको बालक । विमल सिटौला ।

साहित्यपोस्टमा पढ्नुहोस् । त्यस बिहान चिसो झन् बढेर गयो । बाहिर निस्किएर माथि डाँडातिर हेर्दा वर्षौँदेखि दिगो विश्वासले आसीन रुख बुट्यानहरु हिउँले ढाकेर पूरै सेताम्मे देखिए । त्यो प्रकृतिको सघन हरितिमा कुनै धार्मिक कथामाझैँ एकै रातमा कतै विलुप्त भएजस्तो भयो, अर्कै रुप धारण गरेजस्तो । यसबाट अघिल्लो दिन मात्र त्यहाँ आइपुगेका यात्रुलाई सखारै झट्ट हेर्दा लाग्यो होला कि- “यो कस्तो आश्चर्य ! यो गाउँको कस्तो काकताली तिलस्मी रुप !” पौष मास लागेपछि पहिलो हप्तामा यसरी हिउँको वर्षा भयो त्यस गाउँमा । गाउँलेहरुले कहिल्यै सोचेका थिएनन् त्यसरी अकास्मात हिउँ पर्ला भन्ने । तर- “प्रकृतिको चाला कसले बुझिजाला !” धार्चे गाउँपालिकाको खोर्ला भन्ने हिमाली गाउँको एक थुम्कोमा उनीहरु थिए । गोरखा बजारबाट निकै उँभो, बसमा करिबन छ/सात घण्टाको यात्रापश्चात् मात्र सो गाउँ नेरनेर पुगिन्थ्यो । गाडीबाट उत्रिएर हिँड्नुपर्थ्यो निकै घण्टा । गुरुङ जातिको बहूल्यता रहेको त्यस गाउँ पहाडको एक फेदीमा टुप्लुक्क अढेजस्तो बढो सुन्दर देखिन्थ्यो । गाउँको मध्यमा एक सरकारी विद्यालय थियो र त्यसले गाउँमा सुगन्ध फैल...

कथा: अतृप्त इच्छा । विमल सिटौला ।

कलेजको पहिलो दिन । फरक उमङ्ग र अनुभूतिले डोऱ्याएको दिन । यसो भनौँ स्कुले जीवनले विश्राम लिएको दिन । मानवीय स्वभाव पनि अजिबकै रहेछ, हरेक दिन नयाँपनलाई स्पर्श गर्ने लालसाबाट टाढा जान नसक्ने । अब त यस्तो लाग्छ, हरेक दिन नवीन स्वाद होस् र नयाँ भोगाइ होस् । हुन त कलेज आउनु पूर्वदेखि नै रमाएको यो मन कलेज नै टेकेपछि कति रमायो होला ? त्यो छोटो समयको उमङ्गलाई, त्यसका थुँगा-थुँगा, केस्रा-केस्रालाई म आज पनि अनुभूति गर्न सक्छु यो व्यस्त सहरको मध्यभागबाट । यो चार पर्खालको घेराबन्दीबाट । एक दशकको अन्तरालपश्चात् पनि उस्तै ताजा बनेर आइरहेको छ त्यो स्कुले याद । एउटा गीतले भन्छ, “याद आउन पनि कोही न कोही त चाहिँदो रहेछ ।” पक्कै हो रहेछ । केवल त्यो याद मनको स्मरणवाटिकामा एउटा स्वर्णिम इतिहास बनेर आइरहन्छ जब म त्यो समयमा फर्किन चाहन्छु । अनि जानी-जानी म कसैलाई यसो तल सडकमा एक सुरले हिँडिरहेको देख्न हतारिन्छु । आफैँलाई थाहा छैन, म यति विघ्न मरिहत्ते किन गरिरहेछु त्यस दिनको पानालाई पल्टाउन ? आजभोलि मेरो मनसिजमा पनि विग्रह आएछ क्यार र त मलाई यस्तो ला...