कथा: क्रन्दनपूर्ण सुहागरात । विमल सिटौला ।

कथा
क्रन्दनपूर्ण सुहागरात !


                     कथाकार: बिमल सिटौला

    विवाहको पहिलो रात अर्थात सुहागरात । दिनभरिको वैवाहिक समारोहबाट क्लान्त भएको शरीरलाई अस्वभाविक निन्द्रामा पल्टाईएको रात । कुकुरहरु पनि भुक्दा भक्दै निन्द्राले लोथ भएर अल्पस सयन गरेको रात । चराचुरुङ्गी पनि आ-आफ्ना हाँगाबिँगामा, गुँडटोड्काको उष्णतामा पल्टिएको रात । सबै प्रजातिका पशुचौँपाया निन्द्रामै ओक्राउँदै गरेको रात । हो, मर्त्यलोक गहिरो निन्द्रामा भासिएको रात । त्यो तमोमय र सुनसान रात ।
त्यो रातको मध्य प्रहरमा शहरको मध्य भागमा अवस्थित एक निकेतनमा एक नव विवाहित जोडी जागै देखिन्छ । जागै नहोस् पनि कसरी ? विवाहको पहिलो रातमा । एक अर्कामा नजिकिएको पनि कसैले अनुमित गर्न नसक्ने गरी उनीहरु नजिकिएका थिए, त्यो दिनको तेस्रो प्रहरदेखि अर्थात् उनीहरु सँगै भएदेखि । कृतिम उज्यालो पनि लोप भएको त्यो प्रणयकक्षमा उत्तापिलो फरक अनुभूतिगम्य झड्काबाट होस्मा आउँने बितिकै मनमायाको तल्लो पेट बेजोडले हुँडलिन्छ । त्यो भएसँगै मनमाया आत्तिएर जुरुक्क उठ्छे । त्यो मनमायोको हत्पताहतले रमेश एक औँल पछि सर्छ र निदाउने चेष्टा गर्छ । यहि मौँकामा मनमाया रमेशलाई अलङ्ग्य आन्नदमा प्रथम कामवासनाबाट किन्चित तृप्त भएकै बखत सुकमोल र सुवासयुक्त बिछ्यौना छोडेर फुत्त निस्किन्छे सुहागकक्ष बाहिर ।
मनमायाले आफ्नो आकाश गंगाजस्तै बाहिरको परित वातावरण तमिस्त्रीपूर्ण देख्छे । अँध्यारो बगरल्ल छरिएर झ्याल, ढोका, भर्याङ, झस्केलो, आँगन, बाटो सबै सबै पुरिएको देख्छे । गहिरो घाखत लागेर खुट्टो खोच्याउँदै हिँड्ने कुनै सानो जातको चरी जस्तै ऊ मध्य रातमा त्यो कामधि पतिबाट मोचन पाउँन चाहन्छे । तर के यो एकै रातमा सम्भव छ र ? मनमाया तत्क्षणको थङथिलो अवस्थाबाट मुक्त हुनुभन्दा पनि एकै रात दोस्रो, तेस्रो, चौँथो लगातार हुँदै जाने भयांकर सम्भोगबाट भयभित छे ।
यदि मनमायालाई त्यस रातबाट मोचन मिल्यो भने उसको त्यस रातमा पाएको सफलता जीवनभरीकै कठिन र चुनौतिपूर्ण कार्यमा पाएको सफलतासरह लाग्नेछ ।
पतिको जहडि कामन्धबाट मुक्ति पाउँन मनमायाले पथ्य समय आजै, अहिल्यै, त्यहि मध्य रात ठहराएकी छे । रमेशको शरीरले झन् मात्तिएर बेहोसी पारामा स्पर्श गर्नुभन्दा पहिल्यै ऊ अनेक ताडन सहेर उठेकी छे, रमेशको आँखा छलेझैँ गरेर । तर, यो त मनमायालाई लागेको जीवनको फरक तर प्रथम डर न हो ।

 अन्धकारमा निष्प्रभ भएर पहिला चाल्दै जाँदा उसको मनमा काकतालि एक स्त्रीवाणि गुन्जिन्छ, “मनमाया ! ए मनमाया ! सबै निम्तालु वा आमन्त्रित गुन्डकहरु सुतिरहेकै बखत आँखा छलेर सुईकुच्चा ठोक्, यस्तो अलङ्ग्य आर्तबाट मुक्ति पाउँन जोगामेसो पहिल्याई हाल् त ।”

 

त्यो स्त्री वाणि उसको मथिङ्गलमा गुन्जिएपश्चात मनमाया रमेशको फुकाफाल बिसम्भारबाट अमलेख मिलोस् भन्दै हत्तपत्त फाकटमा पुगी विलय हुन चाहन्छे । मध्यरातमा टल्कने किञ्चित असरल्ल छरिएका स्वेत चिज वा वस्तुहरुले उसको गन्तब्यलाई थोरै भएपनि कान्ति दिन्छन । तर, नयाँ घरमा तत्क्षण कहाँ सजिलो हुन्छ र त्यहाँबाट भाग्न ?

 

ऊ चकमन्नतामा बिस्तारै अन्तचक्षु लगाउँदै थरथर कामेका हातले अन्दाजमा पर्खाल छाम्दै भर्याङमा पुग्छे ।

 

त्यस्तो तमोमय र श्रृंगारीका रातमा मनमायाको चर्तिकला देखेर रमेश अचम्मित मात्र हुँदैन, ऊ त नव विवाहित पत्नीको खोजपूर्ण आत्माखेवार देखेर गमक्क पनि पर्छ । रमेश हत्तपत्त भनिहाल्छ, ‘सोधेको भए त भैहाल्थ्यो नि ।’ रमेश नजिकै पुगेर मनमायालाई शौचालय देखाउँछ । माया झस्किन्छे उसलाई देखेर । ऊ अचानक तर्सिन पनि पुग्छे रमेशको हातले आफ्नो थर्थराउँदो कायलाई समाएको देखेर । रमेशको हातले कम्पित काय थाहा पाउँछ कि भन्दै डराउँछे एकछिन । उसले रमेशको हात दायाँ अंगालोबाट फुत्त झारिदिन्छे र ट्वाल्ल हेरिरहन्छे, कतैतिर । ‘हिँड मनमाया’ रमेश उसलाई स्नेहार्द तान्दै कोठातिर लग्ने चेष्टा गर्छ तर मनमया शौचालय जाने चाहना भएको बताउँछे । फलस्वरुप रमेशले उसलाई हातले डोहोर्याउदै शौचालय पुर्याउछ र बत्ती बाल्दिन्छ । मनमाया उपरत मुहारका साथ शौचालयभित्र पसि लामो शित्कार छाड्छे ।



क्रन्दनपूर्ण सुहागरातत्यस रात रमेशको भयांकर इसिप्ततालाई मनमायाको शारीरिक उत्तापले खलल पुर्याउँछ । खलल त के भन्नु ? रमेश पनि त नव पत्नीसँग कहाँ स्थुल भएर बस्न सक्छ र ? उसले चालेको पाहिला हर परपुरुषले आफ्नी अंगनालाई गर्ने फुकाफाल वा निशाचार कार्यजस्तै न हो जुन सबैभन्दा चरम आन्नददायि हुन जान्छ । सँगै जीउने र सँगै मर्ने कसम खाएको संम्झदै उसले पछ्याएको न हो मध्य रातमा । रमेशलाई निन्द्रा लागेको हुँदै हुँदैन नव श्रीमतीको क्रन्दन देखेर । उसको अनाविष्ट अकामन्ध शैलि देखेर । उसको भयावयता र बेफिक्रिता देखेर । अनाकर्षणता देखेर ।

त्यसपछि रमेश उत्तेजित हुँदै मध्यरातमा मनमायाको ब्यग्र पर्खाईमा छटपटाइरहन्छ । ऊ उभिएर यता र उता गर्छ, गरिरहन्छ । रमेशको पहिलो गमन अर्धतृप्तिमा त्यतिकै सकिन्छ । रातको पहिलो प्रहरमा मनमायाको चिच्याहटले रमेशभित्र पनि आतेश जाग्छ । यधपि सुहागरात भएकाले ऊ पनि पछि हट्न मनै गर्दैन । नवपत्नीको आगमनलाई अटुट कुरिरहन्छ  ऊ अध्यारो प्रणयकक्षमा ।  रमेश पहिलो चोटिको मनमायाको नाऊम्मेद देखेर ऊ सम्हालिन्छ मात्र । तर, अब त्यो दुरान मनमायाले खलल् नगरोस भन्ने चाहन्छ । मधुपवनमा प्लवित भएर उभय अमरपुर पुगौँ भन्ने चाहान्छ ।

 

सुहागरातमा हर पुरुषले नव प्रणयनीसँग गर्न सक्ने जुनसुकै काम इसिप्त गरेझैँ ऊ पनि निकै आतुश छ । दुई वसन्त आधा उमेर काट्दा पनि उसको कुनै नरनारीसँग सम्बन्ध नगासिनुमा ऊ छक्कापन्जा गर्न नजान्ने सरल र शिष्ट केटो भएको बुझिन्छ । त्यहि भएर पनि उभित्र कामन्ध शैलि अस्मेल हुन्डरी बनेर आउँछ । तर, त्यो कुरा मनमायालाई कसरी थाहा होस् ?

 

मनमाया धेरै दहकस मान्दै विस्तारा चढ्छे, पुच्छरबाट । ऊ आफ्नो पतिलाई छोईएलाझैँ गरेर लुसुक्क चढ्छे । ऊ भयभित भएकी छे, आक्रान्त भएकी छे रमेशको आवृत झम्टाईबाट ।

 

मध्यरातसम्म अर्थात रातको एक बजीसम्म मनमायाको आँखा टोलाइरहेकै हुन्छन । उसले पतिलाई नियालेर हेर्छे । मनमाया पति निदाओस् भन्ने चाहन्छे । तर, रमेशलाई ओछ्यानमाथि चलायमान भइरहेको पाउँछे । विस्तारै मनमायाले आफ्नो शरीर ओछ्यानमा फालिदिन्छे, पहिलेभन्दा होसियार बनेर । निकै शिथिल र मरेसमान हुन्छ उसलाई ओछ्यानमा लमतन्न हुँदा ।

 

किशोरावस्था टेकेपछि मनमाया पनि कुनै परपुरुषसँग सुतेको यो पहिलो चोटी हो । मनमाया सुत्ने बित्तिकै रमेश छटपट छटपट गर्न शुरु गर्छ । एक्कासि रमेशको आविष्ट परिणाम उसको अस्तिर हाततिर देखिन्छ । उसले आफ्नो दायाँ हात सुस्तरी मनमायाको नितम्भमा पुर्याउँछ । मनमाया रमेशको हात बेजोडले झट्कार्छे । सँगसँगै मनमाया नराम्रोसँग पनि तर्सिन्छे । ऊभित्र झन् त्रासले पिङ खेल्न थाल्छ । रमेशको लिँडे ढिपीले मनमायालाई पलापला जीउँदो बनाइरहन्छ ।

 

यस्तो असहनशिल र असिमित दुखाईमा मनमायाले छदम गर्दै बरु भनोस् न नव पतिलाई, ‘हजुर म भर्खर रजवती भएको छु ।’ फेरि सार्है लजालु मनमायाले कसरी पो मिथ्या बोलोस् र त्यस्तो लज्जास्पद कुरो नव पतिलाई ? ‘ओहो ! त्यो त भोलि बिहान भित्र बाहिर गर्दै गर्दा उसलाई थाहा भैहाल्छ नि.....।’ उसले सोच्न पुगी । त्यो क्षण मनमायाको मनले छदमबेश गर्न मानेन । पटक्कै मानेन ।

 

रमेश त्यसपछि मात्र चखमा पर्छ । ऊ मनमायाको नकार्यताले फजित हुँदै भन्छ, 'मनमाया तिमी लाज नमान, म पति हुँ तिम्रो ।' पतिको अविरल आग्रह उसले सुनिरहेकै हुन्छे । तर, तल्लो पेट दुखेर ऊ फेरि फतक्कै हुन्छे । मनमाया प्रतिउतर नदिएर निर्वाकताको स्थितिमा गुज्रिरहेकी हुन्छे ।

 

अध्यारो प्रणयकक्षमा यदि कुनै आलोक हुन्थ्यो त पतिले पत्नीको अमर्षी मुहार हेरेरै पत्ता लगाउथ्यो कि मनमाया फिराद गरिरहेकी छे । उसलाई घनघोर आर्तले थिचेको छ, वा मनमाया सामान्य अवस्थामा छँदै छैन ।

 

मनमायाको अटुट जीउँदोपना र रमेशको ताकछोपले रातको तीन बजिसकेको हुन्छ । यसबीचमा मनमायाले ठूलो यन्त्रणा सहनुपर्यो । रमेश फेरि जोड गर्छ,  'मनमाया, ए मनमाया, आज हाम्रो सुहागरात पो त ।' ऊ सुस्तरी उसका हात मनमायाको बदनतिर पुर्याउछ । तर, रमेशलाई उसको हातले उसको त्यो तुङ्गस्तन स्पर्श गर्न निकै कठिन पर्छ । मनमायाले आफ्नो शरीरलाई एक बर्कोले बेरिसकेकी हुन्छे जुन रमेशउपर थोरबहुत ढाकिएको हुन्छ, आफू निस्चिन्त भई निदाउनु अगाबै । रमेश पुन चलायमान बन्न पुग्छ । ऊ मात्तिएर बर्कोलाई पन्छाउने चेष्टा गर्छ । जब रमेशभित्रको चाहना सम्हाल्न नसक्ने हुँदै कामकलोलको शुरुवाती अवस्थामा पुग्छ, मनमाया अल्पस तन्द्राबाट झसंग ब्युँझिन्छे ।

 

उसले आफ्नो श्रीमानलाई आफूमाथि कामक्रिडाको तरखरमा पाउँछे । बल्ल बल्ल गलेर शिथिल भएकी मनमायाले आफ्नो शरीर एक झमक निदाउन मात्र के पाएकी थिई, श्रीमानको कामवानले उसलाई ब्युँझाइहाल्छ । परिणामस्वरुप काममोहित श्रीमानलाई उसले आत्तिदै भनिदिन्छे, 'हजुर आज गार्हो भएको छ ।' मनमायाको कुरा सुनेर रमेश फगत एक औँल पछि सरेजस्तो मात्र गर्छ, मनमायाको केही समयपछिको निनादिले । मनमायाको कष्टपूर्ण र अरुचिपूर्ण अभिब्याक्तिले ।


पछि फेरि कुन तुसले हो त्यस्तो बनाएको रमेशलाई, उसले मनमायालाई जिस्क्याएर स्नेहरुपी वाण पस्कन्छ, 'तिमी त मेरो पत्नी भइसकेकी छौ हिजोबाट ।' उच्चारित ‘पत्नी' शब्दले मनमायालाई मनभित्र हलचल ल्याईदिन्छ । यस्तो हलचल कि मानौँ ऊ अब उपरान्त पुरुषार्थमा दाँजा हाल्ने काम पटक्कै गर्नेछैन । उसले सोच्न पुग्छे, स्वास्नीमानिस भनेको पतिको सु:खको सहायक हुनु रहेछ । 'हँ, अँ... मेरो स्त्रीयोचित गुण ।' रमेश जोड गर्छ, गरिरहन्छ । रमेशको गौराङ्गी रमणीको मौनता र निर्भिकताको स्थितिले उसको चाला झन् चुलिएर जान्छ ।

 

मनमाया प्रतिकथन गर्ने अवस्थामा हुन्न त्यहाँ । अब रमेश मातिन्छ मनमायाको मौनताले । मातिरहन्छ लगातार । कामवासनाको वहानमा उडिरहन्छ ऊ मनमौजि बनेर उडाईका अनेक शिल्पहरु प्रयोग गर्ने चेष्टा गर्दै ।

 

जब त्यो यात्राबाट दुबैलाई थोरबहुत क्षणभुंगुर चरम सु:ख प्राप्त हुन्छ तब त्यहाँ रमेश अआविष्ट यात्रामा आफूलाई पाउँछ र नाउम्मेद देखिन्छ । यतातिर भने मनमायाको शल्लकभित्र अशैय दुखाईको क्लेद झनझन चुलिदै जान्छ । यो चालाले मनमाया सायद मरेजस्तै हुन्छे । मनमाया आफूलाई निफर र कान्तिहिनतामा पुगेको महसुस गर्न थाल्छे । उसले आफूलाई अस्पतालको शैयामा कुनै रोगसँग पौँठेजोरी गर्दै छटपटाईरहेको स्थितिमा पाउँछे । आफूलाई उत्खण्डित भएको पाउँछे । आफ्नो सौम्य कुमारीत्वलाई स्कन्दित भएको पाउँछे । ऊ अपरिम्य दुखाई र बर्चोटले आँशुका ढिक्का खसाउँन थाल्छे । उसले निस्वरमा उच्चारित गर्ने शब्द हुन आउँछ- ‘आमा’  ऊ लमतन्न आफ्नो शरीरलाई आधा पल्टाएर क्षितिजतिर गौर गर्दै आँखा मिच्छे । त्यस दिनको पहिलो सुर्योदयले उसलाई पुलुक्क चिहाएजस्तो गर्छ । ऊ गम्न पुग्छे, ‘नसुति बिहान भएछ ।’

 

त्यतिखेरै बाँसझ्याँङमा चराचुरुङ्गी चाईँचाईँ र चुईँचुईँ गर्न थाल्छन् । भालेहरुले अनवरत जोड्ले डाक छाड्छन । कुकुरहरु भुक्न थाल्छन । प्रणयकक्षबाहिर खल्याङमल्याङ पनि सुनिन्छ । मनमाया भन्छे ,बल्ल बिहान भएछ ’ त्यसपछि ऊ हत्तपताउँदै लाला कपडा परिधान गर्छे र बाहिर निस्कन्छे ।

                                         पुन पढ्ने भए यहाँ क्लिक गर्नुहोला ।

Comments

Popular posts from this blog

लेख: व्यक्त्ति एक व्यक्तित्व अनेक भएका देवकोटा । विमल सिटौला ।

कथा: पश्चतापको चितामा । विमल सिटौला ।

आमा गीत । विमल सिटौला