कविता: किसान जिन्दगी । विमल सिटौला


बर्षा होला भनिकन किसान रहेका छन् आशमा
तर पनि उनीहरु कञ्जुस सगरको छन् त्रासमा ।
उष्ण मासको रापिलो अग्निले छोडेको छ वासना
गराहरुले पनि सहेका छन् प्रकृतिको खुबै शासना ।
जागै रहेछन् रम्यकमा आँखाहरु नजोरी नजोरी
कोइलीको कुहुकुहु गुञ्जिन्छ किसानको कानैभरी ।
यो कस्तो छटपटाहट ? फगत बढेको छ किसानमा
बालबनिता बहलाग्दा छन् मुखामुख गर्दै फसानमा ।
कठै ! हरेक बर्ष किसानहरु यसैगरि बन्दछन् अतोषित
निस्तन्द्र हुन्छन् महिनौँसम्म बन्न सकेनन् आमोदित ।
न छ सपना ठूलो तीनको न धनवान हुने चाहना
न पाल्छन् कुविचार मनमा न गर्छन् झुठो वहाना ।
देखियो माथि निहारिका तल खुसी देखिए किसान
बहूतै छाँट बढायो वृष्टिले त्यो एकान्तको निकेतन ।
थोपा थोपा चुहियो पय ती अपठ्यारा बञ्जरमा
मेटेर उत्तापलाई तन्मयता बढ्यो कौतुक नजरमा ।

Comments

Popular posts from this blog

लेख: व्यक्त्ति एक व्यक्तित्व अनेक भएका देवकोटा । विमल सिटौला ।

कथा: पश्चतापको चितामा । विमल सिटौला ।

आमा गीत । विमल सिटौला