गीतहरु । विमल सिटौला ।
१. आफ्ना आफ्ना कुरा ।
बाँचुन्जेल कति अधुरा कति चाहीँ पूरा हुन्छन्,
लक्ष्य पूरा नहुनुमा आफ्ना-आफ्ना कुरा हुन्छन् ।
एउटा बग्छ खोलाबाट अर्को नहरबाट
एउटा पिउँछ अमृत जल अर्को जहरबाट
माटो एउटै बाटो फरक फरक हुन्छन्
एउटै हो ताप्ने घाम एउटै हो छानो पनि
थोरै धेरै पारिदिन्छन् दैबले मानो पनि
उज्यालोमा बल्ने बत्ती सधैँ मधुरा हुन्छन्
२. नेपालै प्यारो छ ।
आँखाभरी छ देशको मुहार परदेशमा गार्हो छ
जहाँ पुगे नि यो नेपालीलाई नेपालै प्यारो छ ।
बिहान उठ्दा शीरमा हिमाल घामझैँ दैखिन्थे
काँडा नै सही, यी मेरा पाइला गर्वले टेकिन्थे
एक मुठी हाँसो बोकेर हिँड्न सार्है अप्ठ्यारो छ
जहाँ पुगे नि यो नेपालीलाई नेपालै प्यारो छ ।
स्वदेशको माया उर्लेर आउँछ परदेशी माटोमा
एकै गाँस खादा अघाउँथेँ बरु सिस्नो र आटैमा
उडेर जान मन थियो मलाई बीचमा तगारो छ
जहाँ पुगे नि यो नेपालीलाई नेपालै प्यारो छ ।
३ . कहिले मेची कहिले काली
कहिले मेची कहिले काली पुग्छु जहाँ जहाँ
म हुँ देशको राष्ट्रसेवक गर्छु देेशको माया
हो.... हो...हो .....
देशको लागि जन्म मेरो, सेवा नै हो धर्म
बाँचुञ्जेल राष्ट्र सेवा, सेवा नै हो कर्म
जहाँ जहाँ विपत्ती छ पुग्छु त्यहाँ त्यहाँ
म हुँ देशको राष्ट्रसेवक गर्छु देेशको माया
हो.... हो.... हो...
देश दुखे यो मन दुख्छ, देशलाई दुख्न दिन्नँ
मेरो देशको चन्द्र सुर्य, कहिल्यै झुक्न दिन्नँ
म रहुँञ्जेल सीमानामा हुुन्न दाँयाबाँया
म हुँ देशको राष्ट्र सेवक गर्छु देशको माया
हो.... हो..... हो...
संगीत: तुलाधर दर्नाल
आवाज: रामकृष्ण ढकाल
यो गीत सुन्नका लागि Click here
४ . कोही डुब्छन् कोही उत्रन्छन् ।
कोही डुब्छन् कोही उत्रन्छन्,
कोहीकोही बग्छन् मायामा
कोही डराउँछन् कोही हराउँछन्
कोहीकोही रम्छन् मायामा ।
नापेर नापिदैन माया, न त जोखेर तौलन सक्ने
देखेर लाईँदैन माया, त देखाएर देखाउन सक्ने
कोही रुन्छन् कोही हाँस्छन्, कोहीकोही गम्छन् मायामा
कोही हराउछन् कोही डराउछन्, कोकोहीकोही रम्छन् मायामा ।
छामेर छामिदैन माया, न त छोएर छुन सकिने
बुझेर बु्झिदैन कहिल्यै, न त बुझाएर बुझाउन सकिने
कोही चढ्छन् कोही झर्छन्, कोहीकोही पुग्छन् मायामा
कोही हराउछन् कोही डराउछन्, कोहीकोही रम्छन् मायामा ।
संगीत: बालन्द राई
आवाज: स्वरुपराज आचार्य
यो गीत सुन्नका लागि Click here
५. किन यस्तै हुन्छ मलाई ?
भेटेर तिमीलाई, पाईरहूँ मीठो सुवास
हराईरहुँ, ती नजरको माँझ्
किन यस्तो हुन्छ मलाई हरेक साँझ?
छैन यो मनमा अरु कोही, जति खेरै तिम्रै रुप देख्छु
बोलाऊ मलाई या त तिमी आऊ, म भित्र केवल तिमीलाई पाउँछु
हेरेर तिमीलाई डुबिरहूँ, गरिरहूँ नजरले मीठा बात
किन यस्तो हुन्छ ............
एउटै चाह मेरो संगै जिउने, जस्तो सुकै बाधा सहिदिउँला
यही जन्म हो या अर्को जन्म, जुनीजुनी तिम्रो बनिदिउला
पाएर तिमीलाई छाइरहोस् वसन्त, चलिरहोस बाँचु्ञ्जेल अटुट साथ
किन यस्तो हुन्छ........
संगीत: प्रमोद परियार
आवाज: सुमन खरेल
गीत सुन्नका लागी click here
Comments
Post a Comment