लेख: व्यक्त्ति एक व्यक्तित्व अनेक भएका देवकोटा । विमल सिटौला ।
प्राक्कथन ––––––––––– महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.स. १९६६-२०१६) नेपाली साहित्यमा स्वच्छन्दतावाद भित्र्याउने ब हु प्रतिभाशाली साहित्यिक हस्ती हुन् । प्रकृति र मानव जातिका पुजारी कवि देवकोटा सर्वोच्च कोटीका युगौँ युगका केन्द्रिय कवि हुन् । उनले कृतिमार्फतका दिन खोजेको चेत् आज पनि ब्रम्हाण्डका सच्चा मानवका लागि होस् या सच्चा नेपालीका लागि अनुकरणीय रहेको पाइन्छ । उनका साहित्यिक कृतिका बारेमा हामी थोरधेर परिचित त छौँ नै । तर, उनको शास्त्रिय जीवन, नेपाली भइकन अंग्रेजी मोह र उनका अरु विलक्षण क्षमताका बारेमा कम लेखिएपश्चात् आजको दिनमा उनका योगदानका बारेमा कम तलास गरिएको महसुस उँचो हुँदै छ । आजको यो लेख उनका यस्तै ओझेलिएका वा नखोतालिएका विषयको केन्द्रियतामा फन्फन् घुम्नेछ । फलस्वरुप, त्रिसठ्ठी वर्षपश्चात् महाकविप्रति उतिकै उच्च सम्मान प्रकट गरिनेछ । शास्त्रिय वातावरणमा हुर्किएका देवकोटा ––––––––––––––––––––––––––––––– सुदुर पश्चिमबाट गोर्खा जील्ला आइपुगेका देवकोटा वंश काठमाडौँभित्रै भोटाहिटीबाट त्योताका डिल्लीबजारमा बसाईँ सरेका थिए । र, देवकोटा त्यहीँ जन्मि...
Comments
Post a Comment