Posts

Showing posts from April, 2021

Poem

Poem 'we are in the midst of calamity' Dear friends we are in the midst of calamity. A flickering antihuman star, stalking forth disarmly, keeping on into the nooks and cannies, like a monstrous terror. Of course, you are a kind of disease. people call you COVID-19 I listen you here and there even i talk time and again too you, only about you, your dashing nature, your undelimited hegemony. As you became talk of the town, we, human beings are in endless wail and babble. Being callous in nature, you are forcing the world in ruin. By limping unseen body skimly, you reached up all the corner of the world. oh! Some passed away! some in trauma Some of us are in isolation. Yet this severe chaos & vail convolution, sporadically nagging a thrilling song, glittering like a sun. Dear friends, might not it be a rescement of nature? we are in the midst of calamity, you are in the ignition of infinity. As you are prevailed, we are overwhelmed. Finally you won the match, you are Ubiquit...

किनार बस्तीको मजदुर दिवस ।

Image
'किनार बस्तीको मजदुर दिवस' यो कुनै उतराधुनिक समयको घट्ना होइन, न त कुनै ग्रन्थ वा त्यस्तै कुनै मुद्रित पुस्तकमा सुन्दै आएको कुनै लोकको चोलाचोलाको विरक्ति हो जसले पाठक वर्गमा उनीहरुप्रति सहानुभूति राख्न सफल होउन् । बरु, यो त मैले बेलाबखत कल्पनिक सौराहट गर्दै आएको किनार बस्तीको कहानि हो जुन आज मैले आज सुनाउन मन पराएँ, जसमा न शुरुवातमा सहानुभूतिको अपरिहार्यता छ, न अन्त्यतिर तालिको गुन्जाहट नै । त्यस गाउँमा, एउटा किनार बस्ती थियो । त्यहाँ सबै कर्मकर, कजिया, श्रमजीवि मजदुरहरु बस्दथे । त्यस बस्तीका सबै बासिन्दाहरु दिनले उषाको उज्यालो नपाई झिसमिसैमा लामो यात्रामा निस्कन्थे । ती श्रमजीवि मजदुरहरुको हतासपूर्ण यात्रा साँच्चै कर्कशिलो देखिन्थ्यो । नानी च्यापेर द्रुत गतिमा हतासिएका महिला पछिपछि देखिन्थे, अलि अघि हिष्टपुष्ट पुरुषहरु देखिन्थे । आवाल, बृद्भ, नरनारी, पति सबैसबै त्यतैतिर होमिन्थे । मानौँ, उनीहरुले आफूलाई त्यतैतिर आत्मोसर्ग गरेका छन् । उनीहरुले आफ्नो नित्यकर्म पनि गन्तव्यमा पुगेर गर्थे । कोहीकोही किनारतिर टुसुक्क बसेका पनि देखिन्थे । हो, उनीहरुमध्ये ‘को पहिलो’ कार्यक्षेत्रमा...

विचार: लकडाउन र डेरावालको पीडा ।

प्रकाशित मीति - सोमबार, जेष्ठ ५, २०७७ लकडाउन र डेरावालको पीडा यतिबेला देश लकडाउनले ठप्प छ । स्वास्थ्य र सञ्चार क्षेत्र बाहेक अन्य सबै क्षेत्रहरु निस्कृय छन् । कलकारखानादेखि लिएर विश्वविद्यालयसम्मको ढोका बन्द छन् । सबै नागरिकहरुमा 'अब के होला?' भन्ने त्रास एकातिर ब्याप्त छ भने अर्कातिर सबैका आआफ्नै समस्याहरु बढेर नागरिकहरुलाई लम्बिँदो लकडाउनले नकरात्मकतातिर धकेलेको हो कि भन्ने अडकलबाजी सामाजिक संजाल नियाल्दा गर्न सकिन्छ। प्रथमत: कुरो आउछ दैनिकी कसरी टार्ने ? हामी सबैलाई थाहा छ पछिल्लो समयको आँकडाअनुसार नेपालमा गरिबी अठार दशमलव सात प्रतिशत छ । तर, बढ्दो महंगीले निम्नबर्गिय नागरिकलाई जीवनस्तर उकास्नसमेत धौधौ छ। अधिकांश नागरिकहरु दैनिक मजदुरी गरी जीविकोपार्जन गरिरहेका थिए । दुई महिना अघिसम्म महङ्गीको प्रचुरता यथावत भएतापनि उनीहरुले जेनतेन कुलकविलालाई पालेका थिए। शहरबजारमा आई रोजगारीको अवसर पाएका थिए। विद्यार्थीहरुले डेरामा बसेर कसैले जागिर गर्दै, त कसैले घरमा भरपरेर अध्यायन गरेरै उच्च शिक्षा पूरा गर्ने अभिलाशा पूरा गर्दै आईरहेका थिए। सानातिना खुद्रा व्यापार व्यवसायीहरुले त्यसैबाट ग...

मनोवाद : काल्दाइको लकडाउन ।

Image
'काल्दाइको लकडाउन' लौ दुई महिना पनि बितिसक्यो । लक डाउन भन्छन्, साँझबिहान मोटर कुदेका कुदै छन् । आफू बिस रुपैँया मुठ्ठीमा च्यापेर यसो कोल्टियो, अँध्यारमुखे गल्लीमा पनि रोकेर सातो लिन्छन्-'काँ हिँड्यौ बाजे ? तिमीलाई घरमा बस भन्या होइन ? अहिले नै मर्न मन छ ?' 'होइन हजूर, नुन लिन गाको, सिद्धिएर' भन्नुपर्छ । सानो भएर हो नै जतिको नगर्दा त ज्यानै थला पर्नेगरि ताजन दिइहाल्छन त । फेरि यो रासन पनि कति चोटि माग्न जानु ? पाँच चोटि भैसक्यो । अब त ओडामा पनि यो बुढो कति आउँन सकेको भन्दा हुन् । पितिक्क पितिक्क दिन्छन् । नजाऊँ भने अन्न छैन । काम पनि बन्द भैगयो । अब त मेरो बासै यहीँ चोकको पिपलमुन्तिर त हो नि । यहाँ पनि धेरै मान्छे आउँन थालिसके । नयाँ-नयाँ अनुहार देख्छु । जति खेदाउन् न यिनीहरुले, भो, म त मरे जान्न अब । कि दिनुपर्यो चामल । होइन भने यत्रैसिती ! कालिमाटीका काल्दाई । तेस्का काल ! अस्तिसम्म त के छ काल्दाई भन्थ्यो बैदार साहु, हिजोआज त सम्झिन पनि छाड्यो । काम पर्दा मात्रै त हो माया गर्ने यिनीहरुले । आपतबिपतमा त कसले चासो गर्ने ? बुढेसकाल लागेपछि त सबैले साथ छाड्दा रैछन...

कविता: किसान जिन्दगी । विमल सिटौला

Image
बर्षा होला भनिकन किसान रहेका छन् आशमा तर पनि उनीहरु कञ्जुस सगरको छन् त्रासमा । उष्ण मासको रापिलो अग्निले छोडेको छ वासना गराहरुले पनि सहेका छन् प्रकृतिको खुबै शासना । जागै रहेछन् रम्यकमा आँखाहरु नजोरी नजोरी कोइलीको कुहुकुहु गुञ्जिन्छ किसानको कानैभरी । यो कस्तो छटपटाहट ? फगत बढेको छ किसानमा बालबनिता बहलाग्दा छन् मुखामुख गर्दै फसानमा । कठै ! हरेक बर्ष किसानहरु यसैगरि बन्दछन् अतोषित निस्तन्द्र हुन्छन् महिनौँसम्म बन्न सकेनन् आमोदित । न छ सपना ठूलो तीनको न धनवान हुने चाहना न पाल्छन् कुविचार मनमा न गर्छन् झुठो वहाना । देखियो माथि निहारिका तल खुसी देखिए किसान बहूतै छाँट बढायो वृष्टिले त्यो एकान्तको निकेतन । थोपा थोपा चुहियो पय ती अपठ्यारा बञ्जरमा मेटेर उत्तापलाई तन्मयता बढ्यो कौतुक नजरमा ।

निबन्ध: सुन्दर ।

Image
https://www.majheri.com/24624/ “तपाई सुन्दर वस्तु केलाई ठान्नुहुन्छ ?” संसारमा सुन्दर वस्तुहरुको निसर्गलाई सबैले मन पराउछन् । सुन्दरतापट्टी द्रष्टाका लोचन एकाकार हुनुलाई स्वभाविक मानिन्छ । राम्रो, सौँम्य, सरस, मञ्जुल जुनसुकै सजीव वा निर्जीव वस्तु नै किन नहुन् ? तीउपर हामी प्रेममय भाव मात्र ब्यक्त गर्दैनौँ, फर्किएर कौतुक दृष्टि पनि लगाउछौँ । यो हामी मानिसको सजिवता हो । यति नहुँदो हो त फूल प्रजातिको लालीगुराश होस् या सुनाखरी त्यति धेरै अभिरता बोकेर मानव दृष्टिको बुभुक्षाको कवलमा रमाउँन्नथ्यो कि ! कतिपय तपाईँहरुलाई सुन्दरताको बारेमा कुरा कोट्याउँदा, ‘स्त्रीपट्टी पनि त कुरा ठोकिन्छ नि’ भनी कौतुक्ता पलाउनु स्वभाविक हो । सबैलाई थाहै छ, सुन्दरताको आरुढमा सदाझैँ अधिकांश रमणी/प्रमदाहरू टठी देखिन्छन् । उनीहरू आफ्नो बाहिरी शोभनले आफूलाई ताम्र सुन्दरी भन्ठान्छन् । आफूलाई जनसागरमा अतितोषित भएको नक्कल आफू पार्श्व गरिरहन्छन् कुनै विस्मयादीबोधकको गतिलो समिश्रणले जस्तो, 'ह्या !' , 'छ्या !' ,'छि !' ,'भो भो !' त्यस्ता लघु सुन्दरीहरुउपर चैँ ज्यादाजसो हाम्रा आँखा विसान गर्ने...

लघु कथा: मृत्यु ।

Image
सत्तरी बर्षमा पनि भीष्म बाजे जवान डकार्थे । उसै पनि उनका कान तीखा, आँखा छिटा । फट्किनु पर्दा लब्रक लब्रक कुनै तरुण तरुणी सैपरी तिब्रतर फड्कन्थे । हितैषी दामोदरलाई उ.. पर छोडिदिन्थे र पछि फर्केर कम्मरमा हातको टेका लगाई भन्थे, ‘नाथु यो ठाडे भीर त, उमेरमा झिमिक्क गर्दा पो त, । अँ, टेर्दिन अझैँ, सोर्है आना ! हेर कहाँ छोड्यो यो अल्छि ?’ भीष्म बाजे हाहाहूहू गर्दै तलतिर बुटाबुटीमा रल्लिरहेका दामोदरलाई माथि पुगेर सुनाउन लागे । दामोदर तल भिरालोमा उभिएर एउटा खुट्टा माथि टेकाई उसैगरी खुई... गर्दै उभिएका थिए । सायद उनी थाके । उनले हातको इशाराले भने, ‘पख् पख् मुढेँ, म आइपुँगे, तबैतारे !’ https://www.youtube.com/channel/UC6oE5Eh80DF2-MwYv8MF8LQ पुराना बुढाहरुलाई सत्य युगको दुध, दहि र घिउले घच्चघच्याउछ भनेझैँ भीष्म बुढाको बोलि र गराईमा दम झल्किन्थ्यो । तर दामोदर बुढामा त्यो थिएन । दुबैको आँखाका किनारमा मुजुक्क परेर अनुहारको गतिपति थिएन । चिउडो खस्केको थियो । बाहिरी सल्लक खुम्चिएर एकै ठाउँमा देखिन्थ्यो । हत्केलाको विपरितपट्टि छाला कालो र लत्रेको थियो । देखिने जति रौँ पनि सबै सेतै । पहिरनमा सेतो कमिज प...

गीतहरु । विमल सिटौला ।

१. आफ्ना आफ्ना कुरा । बाँचुन्जेल कति अधुरा कति चाहीँ पूरा हुन्छन्, लक्ष्य पूरा नहुनुमा आफ्ना-आफ्ना कुरा हुन्छन् । एउटा बग्छ खोलाबाट अर्को नहरबाट एउटा पिउँछ अमृत जल अर्को जहरबाट माटो एउटै बाटो फरक फरक हुन्छन् एउटै हो ताप्ने घाम एउटै हो छानो पनि थोरै धेरै पारिदिन्छन् दैबले मानो पनि उज्यालोमा बल्ने बत्ती सधैँ मधुरा हुन्छन्

लेख: लूनीभित्र के छ ? विमल सिटौला ।

Image
महाकवि लक्ष्मीप्रसाद देवकोटा(वि.सं. १९६६-२०१६) विशेषत कविता विधाका एक शिखर पुरुष हुन् । कविता विधामा प्रकृतिप्रेम, निर्धनप्रेम र आँशुप्रेम दर्शाउने उनी नेपाली साहित्य जगतकै मेरुदण्ड पनि हुन् । दश वर्षको(वि.सं.१९७७) सुकुमार उमेरमै दुई हरफे कविता (घनघोर दु:ख सागर भाइ) रचना गरी काव्यिक यात्रामा होमिएका देवकोटाका छ महाकाव्य, बाह्रखण्डकाव्य, बाह्र कवितासंग्रह, दुई निबन्ध संग्रह, दुई नाटक कृति, दुई कथा संग्रह, एक उपन्यास(चम्पा), एक समालोचनाआदि कृतिहरु पाइन्छन् । घरायसी संस्कारिक वात्सल्यमा हुर्किएका देवकोटामा संस्कृत भाषादेखि अंग्रेजी भाषासम्मको दख्खल देखिन्छ । पछिल्लो समय शूलको वहबाट प्रताडीत उनीमा नसोचेका स्वभावहरु बिजीत हुन थालेपछि जनमानसले उनलाई पागलको संज्ञा दिएको थिए । र, उनले एक दिन त्यो कुरा पत्रिकामा पढेपछि त्यसै रात पागल कविता लेखेका थिए । उनले समकालिन रैयतबाट पाएका कान तात्ने कुराहरुले उनीभित्र एक किसिमको अधीरता बढेको पाइन्छ । फलस्वरुप, उनले कविता विधामा, अनिरुद्द कविका रुपमा आफ्ना अनौठा भावनाहरुलाई अन्तिमकालसम्म काव्यिक यात्रामा आरुढ गराएका थिए । मुख्यतया: छैटौँ इन्द्रिय जागेर कव...